site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘कोभिड १९ रोकथाम तथा प्रतिकार्यलाई थप तीव्रता बनाइने’
Sarbottam CementSarbottam Cement

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रतिकार्यलाई थप तीव्र बनाइने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार  विषयगत मन्त्री र सचिवहरुको संयुक्त बैठकले अहिलेसम्म भएको कामको समीक्षाका साथै आगामी दिनमा प्रतिकार्यको कामलाई तीव्र र प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बैठकमा मुख्यमन्त्री शाहीले विश्वव्यापी रुपमा देखिएको कोरोना संकटको सामाधान सरकारको तात्कालिन प्राथमिकतामा रहेको बताउँदै रोकथाम तथा प्रतिकार्यको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिए । विपत् व्यवस्थापन कार्यकारी समिति, अनुगमण समिति, आपूर्ति समिति तथा जिल्ला र स्थानीय तहका समितिहरुलाई थप सक्रिय बनाउन र कोरोना रोकथाम तथा प्रतिकार्य थप प्रभावकारी बनाउन पनि शाहीले निर्देशन दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकले स्वास्थ्यकर्मीहरुका लागि आवश्यक उपकरण, औजार, सुरक्षा सामग्री र औषधिलगायत सामग्री तत्काल आपूर्तिका लागि संघीय सरकार, निजी आपूर्तिकर्ताहरु, बाह्‍य आपूर्तिकर्ताहरुलाई अनुरोध गर्नुको साथै सम्भावित सबै उपाय अवलम्बन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट जुम्ला, कालीकोट, मुगु, र हुम्ला जिल्ला, चौरजहारी सामुदायिक अस्पतालबाट रुकुम पश्चिम, जाजरकोट, डोल्पा र पुर्वी सुर्खेत जिल्लाको कार्य क्षेत्र तोकी जनशक्ति परिचालन गर्न निर्देशन गर्ने निर्णय गरेको छ ।

बैठकले प्रतिकार्य योजनाका लागि आवश्यक आर्थिक व्यवस्थापन तथा परिचालनका लागि आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई जिम्मेवारी दिने, प्रदेश राजधानी र जिल्ला र स्थानीय तहमा रहेका क्‍वारेन्टाइनको समन्वय सहजीकरण गर्न भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीलाई जिम्मेवारी प्रदान गर्ने, प्रदेश अस्पताल र जिल्ला अस्पतालहरुमा शंकास्पद बिरामीहरुलाई आइसोलेसनमा राख्‍ने, उपचार गर्ने र जनशक्ति परिचालन गर्ने कार्यको समन्वयका लागि सामाजिक विकासमन्त्री दल रावललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

Global Ime bank

यसैगरी १० वटै जिल्लामा आपूर्ति व्यवस्था प्रभावकारी बनाउन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको नेतृत्वमा रहेको समितिलाई थप सक्रिय बनाउने पनि निर्णय गरेको छ । प्रतिकार्य तथा पूर्वतयारीका कार्यमा खटने समिति तथा युनिटहरुको नियमित बैठक, प्रतिवेदन कार्यका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा हेल्प डेस्क सञ्‍चालनमा ल्याउने र प्रतिवेदन, समन्वय तथा सञ्‍चारको कामलाई विद्युतीय तथा सामाजिक सञ्‍जालको माध्यमबाट गर्ने निर्णय पनि बैठकले गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC