site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
कोरोना आशंका गरिएका ज्येष्ठ नागरिक र दीर्घरोगीहरुको परीक्षण गरिने 

काठमाडौ । सरकारले अबदेखि ६० वर्षभन्दामाथिका वृद्धवृद्धाहरुमा कोरोना भाइरसका लक्ष्ण देखिएमा नमुना संकलन गर्ने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आएका मानिसहरुमा कोरोना भाइरसको संक्रमणको लक्षण देखिँदा मात्र उपचार हुँदै आएकोमा अबदेखि जेष्ठ नागरिक र दीर्घरोगीहरुमा  कुनै पनि लक्षण देखिएमा तुरन्त नमुना संकलन गर्ने र आइसोलेसनमा राख्‍ने जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जेष्ठ नागरिक,अंग प्रत्यारोपण र ६० वर्षभन्दा माथिकालाई कोरोनाको कुनै पनि लक्ष्णदेखिएमा तुरुन्त कोरोना परीक्षण गरिने जानकारी दिए । 

यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना प्रभावित क्षेत्रबाट आएका मानिसहरुको मात्र कोरोना परिक्षण गरिँदै आएको थियो ।

हाल चिकित्सकको निगरानीमा खरिपाटीको क्‍वारेन्टाइनमा ७२ जना नेपाली र विदेशि नागरिकहरु रहेका रहेको उनले बताए । 

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेव पाण्डेले कोरोनाका आशंकामा बिरामी टेकु अस्पतालमा मात्रै उपचार हुँदै आएकोमा अबदेखि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, बीपी प्रतिष्ठान, धुलिखेल अस्पताल, सशस्त्र प्रहरीको अस्पतालमा उपचारका लागि स्थान तोकिएको जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १४:४१
प्रतिक्रिया दिनुहोस्