site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको सम्बोधन आज नहुने  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा गर्ने तय भएको सम्बोधन स्थगन गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकाले आजको बैठकमा तय भएको कार्यतालिका प्रभावित भएको हो । शोक परेका बेला बैठकमा शोक प्रस्ताव पारित गरेर स्थगन गरिन्छ । सोहीअनुसार आज संसदमा अरु कार्यक्रम नहुने संसद सचिवालय स्रोतले जानकारी दिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री ओलीले आज दुई बजे आफ्नो  कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धिबारे  प्रतिनिधिसभालाई जानकारी गराउने कार्यसूची थियो ।

आजका लागि तय भएको संसद बैठकको कार्यसूची भोलि बिहान ११ बजेका लागि  सारिएको संसद सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १३:३२
प्रतिक्रिया दिनुहोस्