बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
स्थायी सरकार नभएर विदेशीले हेपे : अध्यक्ष राणा
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, साउन १६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले स्थायी सरकार नभएका अवस्थामा विदेशीले हेप्ने बताएका छन् । 
रफत सञ्चार क्लबले आइतबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा अध्यक्ष राणाले मुलुकमा स्थायी सरकार नभए र कमजोर हुँदा नेपालमाथि बिदेशी हस्तक्षेप हुने गरेको बताए । 
विगतको सरकारले लामो समय काम गर्न नपाएकाले बन्न लागेको सरकार पनि लामो समय नटिक्ने उनको चिन्ता थियो । 
राप्रपा नेपालसँग छलफल गरेर मात्र आफ्नो पार्टी नयाँ बन्ने सरकारमा जाने नजाने टुंगो लाग्ने भन्दै उनको भनाइ थियो । नजिकिँदै गरेको निर्वाचनलाई ध्यान दिएर सरकारमा जानुपर्ने आफ्नो पार्टीको धारणा रहेको उनको भनाइ छ । लामो समयदेखि दुई राप्रपाको एकिकरणको बिषय चर्चा परिचर्चामा रहेको भन्दै अध्यक्ष राणाले एकीकरण अन्तिम चरणमा पुगेको र छिट्टै एकता हुने दाबी  गरे । 
हिन्दुराज्यको सबालमा सबै धर्मलाई सम्मान हुने खालको र ॐकार परिवारलाई विशेष मान्यता दिने हिन्दु गणतन्त्रको पक्षमा पार्टी रहेको उनले बताए । 
 
Nepal Investment bank
Nepal Investment bank
आइतबार, साउन १६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्