site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘कुलिङ अफ पिरियड’मा एमालेले छेडखानी गरेको शेखर कोइरालाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले संघीय निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा छेडखानी गर्ने कार्य नेकपा (एमाले)बाट भएको आरोप लगाएका छन् । शनिबार (साउन ३१) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले राष्ट्रियसभामा एमालेका सांसदले कुलिङ पिरियड हटाउनुपर्छ भनेर संशोधन प्रस्ताव राखेको बताए । एमाले छलकपट गर्ने राजनीतिक दल भएको उनको आरोप छ ।

“यसमा लुकेको केही छैन । अहिलेसम्म हामीले लुकायौँ, अब लुकाउनुपर्ने आवश्यकता छैन । किन छैन भने, राष्ट्रियसभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्छ भनीकन उहाँहरूले संशोधन प्रस्ताव हालिसकेपछि किन त्यस्तो संशोधन हालेको भनेर पत्रकारले सोध्दा हामीलाई माथिको निर्देशन छ भने,” उनले भने, “एमाले त छलकपट गर्दो रहेछ । त्यसमा पनि दुई मत छैन ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्