काठमाडौं । चलचित्र ‘राम नाम सत्य’ शुभसाइत गर्दै प्रदर्शन मिति तय गरिएको छ ।
केही दिनबाट छायांकनमा जाने चलचित्रको पोस्टर पनि सार्वजनिक गरिएको छ । मुख्य पात्रलाई फिचर्ड गर्दै निर्माणपक्षले पोस्टर पनि सार्वजनिक गरेको छ ।
चलचित्रको छायांकन काठमाडौं र चितवनमा हुनेछ । माइकल चन्दको निर्देशनमा बन्न लागेको चलचित्रको पोस्टरमा मुख्य कलाकार विराज भट्ट फिचर्ड छन् ।
नयाँ वर्षको छेको पारेर ‘राम नाम सत्य’ चैत २७ गते रिलिज हुन लागेको हो ।
‘राम नाम सत्य’मा विराज भट्टसँगै सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुसी कार्की, सुनील थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको मुख्य भूमिका छ ।
माइकल चन्दकै कथा तथा पटकथा रहेको चलचित्रमा संजय लामाको डीओपी रहनेछ ।
विराज भट्ट मुख्य भूमिका रहेको चलचित्र ‘राम नाम सत्य’ आउँदो नयाँ वर्षको छेको पारेर चैत २७ गते रिलिज हुँदै छ । विराज भट्टका छोरा समीर भट्ट मुख्य भूमिका रहेको चलचित्र ‘बलिदान’ दसैँको फूलपातीमा रिलिज हुँदै छ । ‘बलिदान’लाई सन्तोष सेनले निर्देशन गर्दैछन् ।