देश
मुग्लिन–नारायणगढ सडक : ढुंगा खस्दा ट्रकमा क्षति, दुईजना घाइते (तस्बिरहरू)

काठमाडौं । मुग्लिन–नारायणगढ सडकअन्तर्गत चितवनको तुइन पुलनजिकै ढुंगा खस्दा दुईजना घाइते भएका छन् । इन्डियन नम्बर प्लेटको ट्रकमा सामान्य क्षति भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
बिहीबार (साउन २९) दिउँसो करिब २ बजे उक्त स्थानमा सडकमाथिबाट ढुंगा खसेको हो । ढुंगा हटाउन सडक डिभिजनबाट मेसिन पठाइएको छ ।
ढुंगा हटाएर सवारी आवागमन सञ्चालन गरिने सडक डिभिजनले जनाएको छ । “...अबको ४५ मि. भित्र ढुंगा हटाई सवारी आवागमन दुवैतर्फ सुचारु हुने जानकारी गराउदँछौँ,” सडक डिभिजनले बिहीबार दिउँसो साढे २ बजे जारी गरेको सूचनामा उल्लेख छ, “वर्षायामको समयमा पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध गरिन्छ ।”
प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२ १४:५९
प्रतिक्रिया दिनुहोस्