
काठमाडौं । डिशहोमले पोखराको लेकसाइड रिट्रिटसँग भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा दिने साझेदारी गरेको छ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत लेकसाइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा व्यवस्थापित)सँग नयाँ साझेदारी घोषणा गरेको हो ।
यसअन्तर्गत डिशहोमका सक्रिय ग्राहकले आवास र फुड एन्ड वेभरेजमा १५ प्रतिशत छुट पाउनेछन् । यो छुट प्राप्त गर्न ग्राहकले माई डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेकसाइड रिट्रिट, पोखरामा देखाउनुपर्नेछ ।
पोखराको प्रसिद्ध लेकसाइडको मुटुमा अवस्थित लेकसाइड रिट्रिटले आधुनिक सुविधा, शान्त वातावरण र आईएमई हस्पिटालिटीको ख्यातिप्राप्त अतिथि सत्कारको उत्कृष्ट मिश्रण प्रदान गर्छ ।
आरामदायी बिदा वा विशेष खाने अनुभवका लागि अब डिशहोम ग्राहकले हरेकपटक यहाँ भ्रमण गर्दा थप मूल्य र बचतको आनन्द लिन सक्नेछन् । भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्न ग्राहकले पहिलो प्ले स्टोर वा एप स्टोरबाट माई डिशहोम एप डाउनलोड गरी दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लगइन गर्नुपर्नेछ ।
त्यसपछि होम स्क्रिन वा प्रोफाइलमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गरी लेक साइड रिट्रिट, पोखरा भ्रमण गरी आफ्नो भर्चुअल प्रिभिलेज कार्ड देखाएर छुट पाउन सक्नेछन् ।