विदेश
राहुल गान्धी प्रहरी नियन्त्रणमा

काठमाडौं । भारतमा विपक्षी दलका नेता राहुल गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संसद् भवनबाट निर्वाचन आयोगसम्म प्रदर्शनका क्रममा गान्धीलाई नियन्त्रणमा लिइएको बीबीसी हिन्दीले जनाएको छ ।
उनीसँगै प्रियंका गान्धी, शिव सेना पार्टीका नेता सञ्जय राउतलाई पनि नियन्त्रणमा लिइएको छ ।
लोकसभा निर्वाचन, महाराष्ट्र, हरियाणाको चुनावमा मतदाता नामावलीमा आयोग र भारतीय जनता पार्टीको मिलेमतोमा धाँधली गरिएको आरोप लगाउँदै राज्यसभाका विपक्षी सांसदले दिल्लीस्थित निर्वाचन आयोगको कार्यालयअगाडि जुलुस निकालेका थिए ।
प्रहरीले भने अनुमतिविपरीत धेरै मानिस भेला भएका कारण उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०८२ १५:१६
प्रतिक्रिया दिनुहोस्