site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलमा ११ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार (साउन २६) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार १०० रुपैयाँ कायम छ । आइतबार (साउन २५) छापावाल सुन प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्