site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते
प्रतीकात्मक तस्बिर ।

दाङ । दाङमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

तुलसीपुर उपमहानगरपालिका–१८, दुधरासमा तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लुप्र०२–००१प ११२१ र विपरीत दिशाबाट आउँदै गरेको लु३४प ५४०६ नम्बरको मोटरसाइकल शनिबार (साउन २४) बेलुका एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी राप्ती गाउँपालिका–५, लठ्ठहवाका ४६ वर्षीय देवराज चौधरीको मृत्यु भएको हो । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबारै राति उनको मृत्यु भएको दाङ प्रहरीका डीएसपी चक्रबहादुर शाहीले जानकारी दिए ।

दुर्घटनामा परी तुलसीपुर–५ का २७ वर्षीय नवराज पौडेल र बाराको विश्रामपुर गाउँपालिका–२ घर भई तुलसीपुर–५ मा बस्दै आएका १८ वर्षीय रोशन पण्डित घाइते भएका छन् ।

घाइते दुवैजनाको उपचार राप्ती प्रादेशिक अस्पतालमा भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १०:३२
प्रतिक्रिया दिनुहोस्