site stats
बाह्रखरी :: Baahrakhari
देश
सप्तकोसीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलिए
फाइल तस्बिर ।

सुनसरी । लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार, शनिबार (साउन २४) राति ९ः०० बजे गरिएको मापनमा कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख ४३० क्युसेक पुगेको छ ।

मापन केन्द्रका अनुसार, कोसी ब्यारेजका ५६ मध्ये हाल २८ ढोका खोलिएका छन् । कोसी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।

हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । केही दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेको हो । रासस
 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ०५:१३
प्रतिक्रिया दिनुहोस्