राजनीति
रास्वपाद्वारा दुई विभाग प्रमुख मनोनयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रिक्त रहेका दुई केन्द्रीय विभागको प्रमुख मनोनयन गरेको छ । शुक्रबार जारी केन्द्रीय समिति बैठकले श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्यामबाबु गौतमलाई मनोनयन गरेको छ ।
पार्टी प्रवक्ता मनीष झाका अनुसार सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको छ । श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठलाई मनोनीत गरिएको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२ १७:३८
प्रतिक्रिया दिनुहोस्