site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘बलिदान’का चार चरित्र सार्वजनिक

काठमाडौं । दसैँको फूलपातीको दिन प्रदर्शनमा आउने चलचित्र ‘बलिदान’ले चार पात्र सार्वजनिक गरेको छ । बुधबार पोस्टर सार्वजनिक गर्दै अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेनको चरित्र पोस्टर सार्वजनिक गरेको हो । 

निर्देशक सन्तोष सेनका अनुसार टिजर सार्वजनिक हुनुअगावै चलचित्रका केही विशेष पात्रहरूको लुक्स सार्वजनिक गरिएको हो । 

“यी तस्बिरहरू पोस्टर मात्रै होइनन्, यी पात्रहरू हाम्रो समाजका कुनाकाप्चामा लुकेको आवाज हुन्,” सन्तोषले भनेका छन् । 

यसअघि चलचित्रका प्रमुख अभिनेता समीर भट्ट, सौगात मल्ल र अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ । 

आसुसेन फिल्म्स्को प्रस्तुति रहेको चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् । कार्यकारी निर्माता प्रेम पुरी हुन् । सन्तोष सेनले चलचित्र निर्देशन गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्