site stats
बाह्रखरी :: Baahrakhari
देश
सेनाको स्वास्थ्य विज्ञान संस्थानबाट ८०० भन्दा बढीले पूरा गरे एमबीबीएस अध्ययन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले इन्टर्नसिप पूरा गरेका ६० चिकित्सकलाई प्रमाणपत्र प्रदान गरेका छन् । बुधबार (साउन २१) सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापतिले उनीहरूलाई इन्टर्नसिप सम्पन्नको प्रमाणपत्र प्रदान गरेका हुन् ।

नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानअन्तर्गत चिकित्साशास्त्र महाविद्यालयमा अध्ययनरत एमबीबीएसतर्फका आठौँ ब्याचका इन्टर्नसिप पूरा गरेका ६० जनालाई प्रमाणपत्र प्रदान गरिएको सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कार्यक्रममा प्रधानसेनापति सिग्देलले इन्टर्नसिप पूरा गरेका चिकित्सकलाई बधाई दिए । उनले आउँदो कार्यकालका निम्ति शुभकामना पनि दिए ।

०६८ भदौ ३० गतेदेखि सञ्चालित उक्त महाविद्यालयबाट हालसम्म ८१५ चिकित्सकले एमबीबीएस अध्ययन पूरा गरेका सेनाले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्