site stats
बाह्रखरी :: Baahrakhari
देश
भारतले धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । भारतले नेपालको दार्चुलासँग जोडिएको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएको छ । बाँधको ढोका खोल्ने भएपछि महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजना सिल्ट सफाइका लागि मंगलबार बाँधको ढोका खोल्ने भनी भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जारी गरेको सूचनामा साउन २० गते  बिहान ६ देखि २१ गते बिहान ६ बजेसम्म माटो, बालुवा लगायतका वस्तु जम्मा भएकाले सफाइ प्रयोजनका लागि ढोका खोलिने जानकारी प्राप्त भएको उल्लेख छ । उक्त समयमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको उनले उल्लेख गरेका छन् । 

_mage_065-1754328804.jpg
 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  २३:२०
प्रतिक्रिया दिनुहोस्