site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लामा भयो ‘धेरै भारी’ वर्षा, धादिङमा सबैभन्दा बढी

काठमाडौं । देशका केही स्थानमा पछिल्लो २४ घण्टामा ‘धेरै भारी’ वर्षा भएको छ । त्यसमध्ये धादिङमा सबैभन्दा बढी पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार (साउन १९) बिहान १० बजे सार्वजनिक गरेको विवरणानुसार, यो अवधिमा धादिङको गजुरीमा १६९.४ मिलिमिटर पानी परेको छ ।

त्यसपछि रौतहटको गौरमा १४२.४ र महेशपुरमा १४१.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

“अहिले पनि कर्णालीबाहेक सबै प्रदेशका विभिन्न जिल्लाहरूमा पानी परिरहेको छ,” महाशाखाले भनेको छ ।

adsfmg-1754286193.jpg
मनसुन सक्रिय रहेकाले गएको शुक्रबार (साउन १६)यता देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । ‘हल्का’देखि धेरै भारीसम्म वर्षा भएको महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्