site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौं । कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्नेगरी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहलाई जिम्मेवारी तोकेका हुन् ।  

नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसंघीय  सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन् ।

2082-4-18_प्रधानमन्त्रीको-कार्यभार-1754266087.jpg
 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ०५:५२
प्रतिक्रिया दिनुहोस्