site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजीनामा दिनुपर्ने कारण छैन : मुख्यमन्त्री लामा

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको नेतामा पराजित भए पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कुनै आधार नरहेको बताएका छन् । 

उनले आफू संविधानको भावनाअनुसार अघि बढ्ने बताए । आफू नेतृत्वको सरकारविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नमिल्ने उनको तर्क छ । 

यसअघि नेपाली कांग्रेस संसदीय दलमा लामाविरुद्ध असन्तुष्टि बढ्दै गएपछि गत शुक्रबार अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । मत विभाजनमा लामाको विपक्षमा २२ मत परेको थियो भने पक्षमा १५ मत मात्रै परेको थियो । उक्त प्रस्ताव बहुमतले पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिएको थियो ।

 

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्