site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीले दिक्तेलका मेयरलाई भन्यो– ५ बजेपछि माइतीघरमा नबस्नू !

काठमाडौं । अनशनमा बसेका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आफूलाई प्रहरीले अपराह्न ५ बजेपछि माइतीघर बस्न नपाइने बताएको गुनासो गरेका छन् ।

"मेरो कुरा दिनरात यही बस्ने हो । तर, प्रहरीले ५ बजेपछि बस्न पाइँदैन भनेको छ । मलाई जहाँ लगे त्यही जान्छु," मेयर भट्टराईले भने ।

उनका अनुसार, एकजना प्रहरी अधिकारीले 'माथिको निर्देशन' बताएर अपराह्न ५ बजेपछि माइतीघरमा नबस्न भनेका हुन् ।

तीनदिने सत्याग्रहमा पनि माग सम्बोधन नभएपछि मेयर भट्टराईले आजदेखि अनशन थालेका छन् । 

उनले सातबुँदे माग राखेर काठमाडौंको माइतीघरमा आइतबार सत्याग्रह थालेका थिए । मेयर भट्टराईले देशव्यापीरूपमा बाँसका सामग्री प्रयोग गर्न नीति बनाउनुपर्ने, बाँदर व्यवस्थापन गर्नुपर्ने, स्थानीय उत्पादन प्रवर्द्धन गर्नुपर्नेसहित माग राखेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्