site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राज्यको स्रोत, साधन अन्यायपूर्ण तवरले वितरण गरियो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्रोत वितरणको आधार अन्यायपूर्ण रहेको बताएका छन् ।

आइतबार अर्थ समितिमा भएको छलफलमा यादवले विश्वव्यापी अभ्यासविपरीत नेपालको तल्लो तहमा अत्यन्तै कम स्रोत पठाइएको बताए । उनका अनुसार, वितरणको आधार मानवीय विकास सूचकांक र जनसख्या हुनुपर्थ्यो । तर, नेपालमा त्यहाँ देखिएन । ६० प्रतिशत जनसंख्या भएको क्षेत्रमा विकास बजेटको ११ प्रतिशत मात्रै पठाइनु अन्यायपूर्ण रहेको उनको भनाइ छ ।  

"जहाँ ६० प्रतिशत जनसंख्या छ, त्यहाँ बजेट विकास बजेट ११ प्रतिशत गइराखेको छ, अनि कसरी विकास हुन्छ ? के गर्न खोजेको हो ? अन्यायपूर्ण वितरण प्रणालीले गर्दा यस्तो भइरहेको छ । राज्यको अन्यपूर्ण स्रोत, साधन, वितरण प्रणाली ठिक छैन । यसको जिम्मेबारी वितरण प्रणालीमा संलग्नहरुले पनि लिनुपर्छ," उनले भने । 

अध्यक्ष यादवले गरिबी, अशिक्षा, पिछडिएको वर्गसम्म राज्यको स्रोत साधन पुग्न नसकेको बताए । राज्यको स्रोत साधनलाई समान रूपले वितरण हुनुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्