राजनीति
रञ्जिता श्रेष्ठले तोकिन् नाउपाको कार्यवाहक अध्यक्ष

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी छन् । श्रेष्ठले आफूले विधानको व्यवस्थामा टेकेर बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बताइन् ।
“कार्यवाहक अध्यक्षको जिम्मेवारी विधानअनुसार तोकेकी हुँ,” उनले भनिन् । उनले अरू कारण बताउन चाहिनन् ।
रञ्जिता स्वयं सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँगै पोखराको जग्गा प्रकरणमा मुछिएकी छन् । उनी विवादमा तानिएपछि पार्टीका बहुमत केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक माग गरेका छन् ।
गत शुक्रबार नै उनीहरूले २४ घण्टाभित्र केन्द्रीय समिति बैठक डाक्न माग गरेका थिए ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०८२ १५:३९
प्रतिक्रिया दिनुहोस्