देश
बालकुमारीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं । ललितपुरको बालकुमारीमा शनिबार (साउन १०) दिउँसो सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–१९, बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा४ ख २४७७ नम्बरको मिनिट्रकको ठक्करबाट पैदलयात्री अन्दाजी २३ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको परिचय खुलेको छैन । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बीएन्डबी अस्पतालमा मृत्यु भएको र चालकलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी विनोद घिमिरेले बताए । रासस
प्रकाशित मिति: शनिबार, साउन १०, २०८२ १७:४६
प्रतिक्रिया दिनुहोस्