site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भावनाले मात्र कम्युनिस्टको एकता हुन सक्दैन : खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले भावनाले मात्र कम्युनिस्टको एकता हुन नसक्ने बताएका छन् । शनिबार (साउन १०) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कम्युनिस्ट एकताबद्ध हुनु राम्रो भएको उनले उल्लेख गरे । सही विचार नभईकन एकताबद्ध गर्न नसकिनेमा उनले जोड दिए । सही विचार भनेको हाल नेपाल कुन ठाउँमा आइपुग्यो भन्ने मूल्यांकन गर्नु रहेको उनले बताए ।

हाल नेपाल समाजवादी क्रान्ति र रूपान्तरणको युगमा आइपुगेको उनले सुनाए । उनले कम्युनिस्टको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद भएको बताए ।

कार्यक्रममा झलनाथ खनालको भनाइ पढ्नोस्–
कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ, यो असाध्यै राम्रो कुरा हो । तर, भवनाले मात्रै एकता पक्कै हुँदैन । सही विचार नभईकन एकताबद्ध गर्न सकिँदैन । सही विचार भनेको यो अहिलेको अवस्था नेपाल कुन ठाउँमा आइपुग्यो भन्दा जनवादी क्रान्तिको कालखण्ड पार गरेर हामी समाजवादी क्रान्ति र रूपान्तरणको युगमा आइपुग्यौँ । यो कुरा सबै कम्युनिस्टहरूले मान्न सक्नुपर्छ । हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद हो । मार्क्सवाद, लेनिनवादका सामु फेरि यसको देब्रेतिर एउटा पुच्छर, दाहिनेतिर अर्को पुच्छर यो जोडिरहनुपर्ने केही पनि जरुरी छैन । मार्क्सवाद, लेनिनवाद नै सार्वभौम सिद्धान्त हो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्