site stats
बाह्रखरी :: Baahrakhari
देश
सतुंगलबाट ६ किलो चरेससहित महिला पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको सतुंगलबाट लागुऔषध चरेस बरामद गरेको हो । बुधबार साँझ चन्द्रागिरि नगरपालिका–११, सतुंगलस्थित सडकखण्डमा ६ किलो चरेससहित एक महिलालाई पक्राउ गरेको हो ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले शंकास्पद रूपमा हिँडिरहेकी महिलामाथि चेक गर्दा उनको साथमा चरेस भेटिएको जनाइएको छ ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–२ घर भई हाल काठमाडौंको चन्दागिरि नगरपालिका–९, मच्छेगाउँमा बस्ने ३९ वर्षीया पार्वती मगर रहेकी छन् । 

उनले बोकेको रातो रङको जेब्रा झोलाभित्र लुकाई राखेको अवस्थामा चरेस बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । 

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्