site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बीपीलाई नबुझेकाले राजसंस्था नागार्जुनको जंगलमा थन्कियो : शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था हाल नागार्जुनको जंगलमा थन्किएको टिप्प्णी गरेका छन् । ४३औँ बीपी स्मृति दिवसका अवसरमा मंगलबार (साउन ६) काठमाडौंको वसुन्धरामा आयोजित एक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

‘राजा र मेरो गर्धन जोडिएको छ’ भन्ने बीपीको विचारलाई राजसंस्थाले अपव्याख्या गरेको उनले उल्लेख गरे । त्यसको परिणामस्वरूप नेपालमा राजसंस्था अन्त्य भएको उनको भनाइ थियो ।

बीपी कोइरालालाई बुझ्ने विषयमा देशमा धेरै नै कमजोरी भएको उनले बताए । कांग्रेसले पनि बीपीलाई उचित ढंगले बुझ्न नसकेको उनले उल्लेख गरे । यहाँका कम्युनिस्ट पार्टी र राजसंस्थाबाट पनि बीपीलाई बुझ्ने सवालमा कमजोरी रहेको उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्