site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस पुरानो हुनुमा गर्व छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पुरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

समाजमा स्थापित गर्न खोजिएको कांग्रेस पुरानो भयो भन्ने नकारात्मक भाष्यबाट बाहिर निकाल्नु जरुरी रहेको उल्लेख गरे । कांग्रेस पुरानो हुनुमा आफूलाई गर्व रहेको बताए ।

कांग्रेसले देशमा धेरै परिवर्तन ल्याएको र योगदान गरेको उनको भनाइ छ । सँगै नयाँ परिवेश र नयाँ कुरा सिकेर अघि बढ्न पनि कांग्रेस अघि बढिरहेको बताए ।

"आज नेपाली कांग्रेसको अगाडिको प्रश्न, चुनौती भनेकै के छ भने पुरानो भनेको थोत्रो, पुरानो भनेको खराब, पुरानो भनेको सबैभन्दा मूल्यहीन भन्ने ढंगबाट समाजमा जबरजस्ती जुन नकारात्मक भाष्य स्थापित गर्न खोजिँदैछ । त्यसबाट नेपाली कांग्रेस बाहिर निस्किएर आउनुपर्नेछ । हामीलाई पुरानो भएकोमा गौरव छ," उनले भने । 

महामन्त्री थापाले कांग्रेसमा थप बहस, छलफल, पठनपाठनको संस्कृति आवश्यक रहेको बताए । न्युज एजेन्सी नेपाल

 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्