देश
दुधौलीमा युवकको शव फेला

सिन्धुली । दुधौली नगरपालिका–२, लामिडाँडामा एक युवकको शव फेला परेको छ । उनको नामथर र ठेगाना खुल्न सकेको छैन ।
दुधौली–२ स्थित मधुगंगा महादेवको दर्शन गर्न आएका युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । शव फेला परेको स्थानीयवासीले जानकारी दिएपछि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको उनले बताए ।
दुधौली–२ का वडाअध्यक्ष रितेश राउतका अनुसार, ती युवक मधुगंगा महादेवको दर्शन गर्न आएका थिए । स्थानीयवासीले घटनाबारे जानकारी दिएपछि प्रहरी उपरीक्षक लालध्वज सुवेदी नेतृत्वको टोली तथा इलाका प्रहरी कार्यालय डकाहाको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: सोमबार, साउन ५, २०८२ १६:०८
प्रतिक्रिया दिनुहोस्