site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वदेखि सुदूरपश्चिमसम्म यी जिल्लामा आज बाढीको जोखिम
कञ्चनपुरमा डुबानको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका अधिकांश सानाठूला नदीमा आज (साउन ५) पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, रोल्पा, गुल्मी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको उच्च सम्भावना रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ ।

इलाम, झापा, धनकुटा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, सिन्धुली, मकवानपुर, स्याङ्जा, गोरखा, दाङ, बाँके, सुर्खेत, बर्दिया, डोटी, अछाम, बैतडी र दार्चुला भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको पूर्वानुमान छ ।

सोमबार बिहानको मापनमा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको जलसतह सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्