site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
माछापुच्छ्रे बैंकले दियो महाकाली प्रादेशिक अस्पताललाई पानी चिस्याउने मेसिन

काठमाडौं । माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशमा रहेको महाकाली प्रादेशिक अस्पताललाई पानी चिस्याउने मेसिन (वाटर चिलर) हस्तान्तरण गरेको छ । बैंकको संस्थागत उत्तरदायित्वअन्र्तगत उक्त यन्त्र हस्तान्तरण गरेको हो । 

गर्मीको मौसमलाई ध्यानमा राखी अस्पतालमा उपचारका लागि आउने बिरामी, तिनका कुरुवा तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न बैंकले उक्त सहयोग प्रदान गरेको बैंकले जनाएको छ । बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मनीष उपाध्याय तथा स्वास्थ्य तालिम केन्द्र, धनगढी कैलालीका महाप्रबन्धक नरेन्द्रसिंह कार्कीले महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टलाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् । 

उक्त अस्पतालमा दैनिक सयौँ सेवाग्राहीहरूको आवागमन हुने तर स्वच्छ पिउने पानीको व्यवस्था नहुँदा समस्या देखा परेको जानकारी पाएपश्चात् बैंकले उक्त यन्त्र प्रदान गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् राहत तथा समावेशी आर्थिक पहुँचका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । 

 


 

 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १८:५३
प्रतिक्रिया दिनुहोस्