
विराटनगर । झापाको बाह्रदशी गाउँपालिका–१, खैरबारीस्थित भित्री सडकमा बुधबार मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । घटनामा आमा–छोरा गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार, राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बर (बीआर ३७ एजेट ६४४०) को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स्कुटर (प्रदेश १–०१–०१६ प ९२७०) एकआपसमा ठोक्किएका थिए ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार, गम्भीर अवस्थामा रहेका मोटरसाइकल र स्कुटरका चालकहरूको अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्कुटर चालक कचनकवल–३ निवासी ६० वर्षीय श्रीप्रसाद राजवंशी रहेका छन् । भारतीय मोटरसाइकल चालकको पहिचान खुल्न बाँकी छ ।
दुर्घटनामा स्कुटरको पछाडि सवार श्रीप्रसादकी बुहारी २७ वर्षीया उर्मीला राजवंशी र उनका तीन वर्षीय छोरा आयुष राजवंशी गम्भीर घाइते भएका छन् । उनीहरूको अवस्था पनि नाजुक रहेको प्रहरीले जनाएको छ ।