देश
पेस्तोलसहित झापा छिर्न लागेका भारतीय नागरिक पक्राउ

काठमाडौं । भारतसँग सीमा जोडिएको झापाको काकडभिट्टा नाका हुँदै पेस्तोलसहित नेपाल छिर्न खोज्ने एक भारतीय नागरिक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय काकडभिट्टा प्रहरीको टोलीले भारत सिलगुडीका २५ वर्षीय प्रतीक अग्रवाललाई पक्राउ गरेको हो ।
उनले चलाएको डब्लूबी ७४ एजे ०४०० नम्बरको स्कुटर जाँच गर्ने क्रममा पेस्तोल र १८ थान गोली बरामद भएको हो ।
इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख डीएसपी राजन लामाका अनुसार जाँचका क्रममा पेस्तोलसहित भेटिएका युवामाथि थप अनुसन्धान थालिएको छ ।
अग्रवालको साथबाट चार थान विभिन्न कम्पनीका मोबाइल समेत फेला परेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०८२ १२:५५
प्रतिक्रिया दिनुहोस्