site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेशसभामा मागियो कोसीका पर्यटनमन्त्रीको राजीनामा

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का कोसी प्रदेशसभा सदस्य राज किराँतीले पर्यटनमन्त्री सदानन्द मण्डलले क्यूआर कोड पठाएर रकम माग गरेको विषयमा सरकारसँग जवाफ मागेका छन् ।

सोमबार (असार २३) प्रदेशसभा बैठकमा किराँतीले ‘बिचौलियाले बजेट बनाएको होइन भनिए पनि मन्त्रीहरूको व्यवहार त्यसविपरीत देखिएको’ टिप्पणी गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्रीको क्रियाकलापबारे गम्भीर रूपमा छानबिन गर्नुपर्ने उनले माग गरे । उनले मन्त्री मण्डलको राजीनामा समेत माग गरे । ‘‘नैतिकताको आधारमा मन्त्री मण्डलले राजीनामा दिनुपर्छ,’’ उनले भने ।

मन्त्री मण्डलको सचिवालयसँग सम्बन्धित विषयको विवादबारे पनि छानबिन गर्नुपर्ने उनले माग गरे ।
 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्