देश

काठमाडौं । जनपथ प्रहरी समूहतर्फका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।
नेपाल सरकार (मन्त्रिपरिषद्)को बिहीबारको निर्णयअनुसार शाह एआईजीमा बढुवा भएका हुन् ।
बढुवाका निम्ति जेठ ६ गते डीआईजी शाहको नाम सिफारिस गरिएको थियो ।
यही जेठ १० गते उमेरहदका कारण अवकाशमा गएका एआईजी लालमणि आचार्यको दरबन्दी रिक्त भएपछि शाहलाई बढ्वा गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ १७:१६
प्रतिक्रिया दिनुहोस्