site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
डिशहोमको ब्रान्ड एम्बासडरमा दिव्या रायमाझी नियुक्त

काठमाडौं । इन्टरनेट सेवा प्रदायक डिशहोमले अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । हालै भैँसेपाटीस्थित डिशहोमको कर्पोरेट कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममार्फत यो ब्रान्ड एम्बासडर सम्झौता गरिएको हो । सम्झौतामा डिशहोम इन्टरनेटको तर्फबाट मुख्य बजार अधिकृत (सीएमओ) सञ्जयप्रसाद राजभण्डारी र अभिनेत्री रायमाझीले हस्ताक्षर गरेका थिए ।

चलचित्र क्षेत्रमा नयाँ पुस्ताबाट उदाउँदै गरेकी रायमाझीको ताजगीपूर्ण छवि, युवामाझको लोकप्रियता र डिजिटल प्रविधिप्रतिको सरोकारलाई डिशहोम इन्टरनेटले आफ्नो ब्रान्ड दृष्टिकोणसँग मिल्दोजुल्दो ठानेको जनाएको छ । कम्पनीले डिजिटल कनेक्टिभिटीलाई केवल प्रविधिमा सीमित नराखी, यो पुस्ताको उत्साह, आत्मविश्वास र भविष्यप्रतिको दृष्टिलाई पनि समेट्ने प्रयास गर्दै आएको जनाएको छ । रायमाझी युवाको आवाज, प्रेरणा र डिजिटल भविष्यको प्रतीक हुन् र उनीसँगको सहकार्यले डिशहोमलाई नयाँ पुस्तासँग अझ बलियो सम्बन्ध स्थापित गर्न सघाउने कम्पनीको भनाइ छ ।

Argakhachi Cement Island Ad

सहकार्यप्रति खुसी व्यक्त गर्दै रायमाझीले भनिन्, “डिशहोम इन्टरनेटजस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि गौरवको विषय हो । यो सहकार्य केवल ब्रान्डसँगको सम्बन्ध मात्र होइन, लाखौँ नेपालीहरूसँगको डिजिटल यात्राको सुरुआत पनि हो ।”

हाल डिशहोम इन्टरनेटले तीन लाख ५० हजारभन्दा बढी ग्राहकलाई उच्चगतिको इन्टरनेट सेवा प्रदान गरिरहेको छ । साथै, ‘माई डिशहोम’ मोबाइल एपमार्फत ग्राहक सेवा अझ स्मार्ट र सहज बनाइएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्