site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कम्तीमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आउँछ : प्रचण्ड
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई राजीनामा दिनुपर्ने अवस्था सिर्जना गर्ने बताएका छन् ।

मंगलबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानी क्रममा प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीमात्रै नभएर सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका छन् ।

Argakhachi Cement Island Ad

"यो सामान्य विषय छैन । यो विषयलाई गम्भीररूपमा उठाउँछौँ । विपक्षी दलहरूबीच छलफल चलिरहेको छ । कम्तीमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था चाहिँ आउँछ," उनले भने ।

अर्को प्रसंगमा प्रचण्डले नेपाल समाजवादी पार्टीसँगको एकताका विषयमा कुनै विवाद नरहेको बताए । महेन्द्रराय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्