site stats
बाह्रखरी :: Baahrakhari
देश
राजु पाण्डेको स्पष्टीकरण– कानुनबमोजिम नै प्रमुख प्रशासकीय अधिकृतलाई रोकेको हुँ
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले स्पष्टीकरण बुझाएका छन् । सोमबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसमक्ष पाण्डेले स्पष्टीकरण बुझाएका हुन् । 

“उहाँले आज स्पष्टीकरण बुझाउनुभएको छ । स्पष्टीकरणमा कानुनबमोजिम सो कार्य गरेको उल्लेख गर्नुभएको छ । म विस्तृत हेरेर कानुन व्यवसायीसँग सल्लाह गरेर अगाडि बढ्छु,” गुरागाईंले बाह्रखरीसित भने । 

गत चैत २१ गते गुरागाईं कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगरप्रहरी बलले उनलाई रोक्ने प्रयास गरेको थियो । सोही दिनको घटनालाई लिएर गुरागाईंले जेठ यही जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्