site stats
बाह्रखरी :: Baahrakhari
कला
इन्फा अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक (सूचीसहित)

काठमाडौं । नेपाली चलचित्र अवार्ड (इन्फा) २०८१ (इन्फा अवार्ड २०२५, लन्डन)को मनोनयन सार्वजनिक गरिएको छ । बेलायतको लन्डन सहरमा भदौ २८ गते अवार्ड कार्यक्रम आयोजना हुँदै छ । इन्फा इभेन्टस् यूके र इन्फा नेपालको आयोजनामा इन्फा अवार्ड २०८१ आयोजना हुनेछ ।

जुरी संयोजकमा गौरी मल्ल, सदस्यमा रमेश बुढाथोकी र करुण थापा रहेका छन् । सन् २०२४ को जुन २८ (असार १४ गते) पछि प्रदर्शनमा आएका चलचित्र मध्येबाट जुरीहरूले उत्कृष्ट पाँचको मनोनय छनोट गरेका हुन् । आयोजकले सार्वजनिक गरेका १७ विधाका मनोनयन यसप्रकार छन् ।

 १. उत्कृष्ट फिल्म
एञ्जिला– मुन लभ इन्टरटेन्मेन्ट प्रा.लि
छक्का पन्जा–५– आमा सरस्वती मुभिज
कार्साङ– यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्
पूर्ण बहादुरको सारङ्गी– सेभेन सिज सिनेमा
तेल भिसा– वेल डन क्रियसन

Argakhachi Cement Island Ad

२. उत्कृष्ट निर्देशक
अञ्जिला– मिलन चाम्स
छक्का पन्जा–५– दीपाश्री निरौला
कार्साङ– यम शेर्पा
पूर्ण बहादुरको सारङ्गी– सरोज पौडेल
तेल भिसा– शंकर घिमिरे

३. उत्कृष्ट अभिनेता
दयाहाङ राई– कार्साङ्
दीपकराज गिरी– छक्का पन्जा–५
जीतु नेपाल– ज्वाइँ साब
प्रदीप खड्का– पिताम्बर
विजय बराल– पूर्ण बहादुरको सारङ्गी

४. उत्कृष्ट अभिनेत्री
स्वस्तिमा खड्का–बेहुली फ्रम मेघौली
वर्षा सिवाकोटी– छक्का पन्जा–५
नीता ढुंगाना– ह्रस्व दीर्घ
उपासना सिंह ठकुरी– खुस्मा
मलिका महत– सतिदेवी

५. उत्कृष्ट पटकथा
प्रदीप भारद्वाज, यम थापा र गिरिराज घिमिरे– अञ्जिला
दीपकराज गिरी– छक्का पन्जा–५
यम शेर्पा– कार्साङ
विवेक महर्जन र दीर्घ धामी– आउटलः दफा २१९
महेश दवाडी– पूर्ण बहादुरको सारङ्गी

६. उत्कृष्ट सम्पादक
मिलन श्रेष्ठ– अञ्जिला
विपीन मल्ल– छक्का पन्जा–५
साहिल खान– आउटलः दफा २१९
बन्दे प्रसाद– पिताम्बर
सुरेन्द्र पौडेल– पूर्ण बहादुरको सारङ्गी

७. उत्कृष्ट छायाकार
नरेन्द्र मैनालीः एक्टर टेक–१
हरि हुमागाईं– छक्का पन्जा–५
पुरुषोत्तम प्रधान– कार्साङ
दीपक बज्राचार्य– खुष्मा
पुरुषोत्तम प्रधान– पिताम्बर

८. उत्कृष्ट खलनायक
दिव्य देव– एक्टर टेक वान
प्रमोद अग्रहरि– पिताम्बर
सुमन भण्डारी– आउटलः दफा २१९
कविराज भाम – द्रौपदी
नाजिर हुसेन– देवी

९. उत्कृष्ट सह–अभिनेता
केदार घिमिरे–छक्का पन्जा–५
कामेश्वर चौरासिया– रेशम फिलिली
जितु नेपाल– कार्साङ
सौगात मल्ल– पिताम्बर
मुकुन भुसाल– पूर्ण बहादुरको सारङ्गी 

१०. उत्कृष्ट सह–अभिनेत्री
श्रृजना सुब्बा– अञ्जिला
दिया मास्के– कार्साङ
सुरक्षा पन्त– पिताम्बर
 सीता घिमिरे –सानो संसार
ऋचा घिमिरे– तेल भिसा

११. उत्कृष्ट नव–अभिनेता
प्रिन्स थापा– एक्टर
विवेक कर्माचार्य– वर एन्ड वधु
रवि ओड– द्रौपदी
पारस बम ठकुरी– होस्टेल–३
उत्पल झा– सारंग

१२. उत्कृष्ट नव–अभिनेत्री
दिव्या रायमाझी– एक्टर टेक वान
एञ्जिला तुम्बापो सुब्बा– अञ्जिला
सिम्रन खड्का– बेहुली फ्रम मेघौली
श्रृजना निङलेखु– कार्साङ
शिक्षा संग्रौला– आउटलः दफा २१९

१३. उत्कृष्ट द्वन्द्व निर्देशक
राजु तामाङ– ह्रस्व दीर्घ
चुल्ठे काजी– आउटलः दफा २१९
हिमाल केसी– पिताम्बर
श्री श्रेष्ठ– रावायण
सम्राट बस्नेत– ताण्डवम्

१४. उत्कृष्ट नृत्यनिर्देशक
सुनील क्षेत्री र गम्भीर बिष्ट– छक्का पन्जा–५
प्रदीप लामा– फेरि रेशम फिलिली
सुष्मा सुनाम– ह्रस्व दीर्घ (उठेर नाचिस्यो)
गम्भीर बिष्ट– ज्वाइँ साब (कसम बत्तीको)
सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगर– खुस्मा (रुकुम मैकोट)
कविराज गहतराज– पिताम्बर (म त फ्यान भएँ यार)

१५. उत्कृष्ट पार्श्व गायक
प्रताप दास– तिमीसँग (वर एन्ड वधु)
विकास लिम्बू– तिमीले माया नमारे (ह्रस्व दीर्घ)
एसडी योगी– रुकुम मैकोट (खुस्मा)
सुरज पण्डित– च्यातिएको चोली (लाज शरणम्)
आशिष अविरल– रैया चाँदीको (पूर्ण बहादुरको सारङ्गी)

१६. उत्कृष्ट संगीतकार
थानेश्वर गौतम– रात किन हुन्छ हजुर (अञ्जिला)
अर्जुन पोखरेल– तिमी सँग (वर एन्ड वधु)
एसडी योगी– रुकुम मैकोट (खुष्मा)
बसन्त उदास– च्यातिएको चोली (लाज शरणम्)
आशिष अविरल– रैया चादीको (पूर्ण बहादुरको सारङ्गी)

 
१७. उत्कृष्ट पार्श्व गायिका
शान्ती श्री परियार– रुकुम मैकोट(खुष्मा)
अन्जु पन्त– तिमी सँग(वर एन्ड वधु)
अस्मिता अधिकारी– यो माया बनाउने को हो (छक्का पन्जा–५)
मेलिना राई– रैया चादीको (पूर्ण बहादुरको सारङ्गी)
इन्द्रकला राई– उडायो मन (बेहुली फ्रम मेघौली)

लाइफटाइम एचिभमेन्ट अवार्ड, जुरी अवार्ड, पपुलर अवार्ड, पर्फमर अफ दि एयर र पब्लिक च्वाईस अवार्ड गरी कूल २६ विद्यामा अवार्ड प्रदान गरिने अवार्ड संयोजक मनिष कार्कीले जानकारी दिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्