site stats
बाह्रखरी :: Baahrakhari
देश
रोशनी शाही मृत फेला
Argakhachi Cement Island Ad

काठमाडौं । रोशनी शाही मृत अवस्थामा फेला परेकी छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित आफ्नै कोठामा आइतबार (जेठ ११) उनी मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

उनले बाह्रखरीसित भने, ‘‘शाही आफ्नै भाडामा लिएको फ्ल्याटभित्र मृत फेला परेकी छन् । हामीले उनको श्रीमान् बाहिर भएका कारण शव उठाएका छैनौँ । तर, जनप्रतिनिधिको रोहबरमा कोठा खोलेर हेर्दा घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।’’

शाहीले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् । उक्त आरोपपछि महरालाई सभामुखको कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्