अर्थ व्यवसाय

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)का ग्राहकले बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा छुट पाउने भएका छन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र होलिडे इन रिसोर्टबीच एनआईएमबीका ग्राहकलाई खाना र सफ्ट ड्रिङक्समा १५ प्रतिशत छुट दिने सम्झौता भएको छ । छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा दिँदै आएको बैंकले जनाएको छ । छुटको विवरण बैंकको आधिकारिक वेबसाइटमा पनि हेर्न सकिनेछ ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२ १६:५८
प्रतिक्रिया दिनुहोस्