site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा तास खेलिरहेका नौजना समातिए

काठमाडौं । दाङमा तास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–४ का ४६ वर्षीय मीनबहादुर घर्तीसहितका व्यक्तिहरू छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–५, न्युरोडस्थित घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (जेठ २) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नगद ४६ हजार ६४५ रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्