site stats
बाह्रखरी :: Baahrakhari
देश
हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

चितवन । एक व्यक्तिले धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरेका छन् । उनले आफूले पनि आत्महत्याको प्रयास गरेका छन् । 

भरतपुर महानगरपालिका–२५ किसान चोकनजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले आज धारिलो हतियार प्रहार गरी भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन् । 

उनले दुईजनालाई आक्रमण गरेपछि आत्महत्याको प्रयास गरेका थिए । बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई उनले आक्रमण गरेका थिए ।
 
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गिरीले आफ्नै छोरी सात वर्षीया प्रभा गिरी र दाजु दया गिरीका पाँच वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरेका थिए । त्यसपछि उनले खुर्पा आफैँमाथि प्रहार गरेका थिए ।

घटनालगत्तै तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा दुई बालबालिकाको मृत्यु भएको र गिरीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । 

गिरी पूर्वसैनिक रहेको र मानसिक सन्तुलन ठीक नभएका अवस्थामा घटना गराएको प्रारम्भिक रुपमा बुझिएको पुरीले जानकारी दिए । घटना आज बिहान ९ः४५ बजेको समयमा भएको हो । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्