-(1)-1747307110.jpg)
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखा सहयोग प्रदान गरेकोे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनुषाको जनकपुरधाम गाउँपालिका–४ मा अवस्थित सो विद्यालयलाई सहयोग प्रदान गरेको हो ।
विद्यालयमा करिब एक हजार बालबालिका अध्ययन गर्दै आइरहेका छन् । विद्यार्थीहरूको पठनपाठनमा सहजता होस भन्ने उद्देश्यले बैंकले सो सहयोग प्रदान गरेको जानकारी दिएको छ ।
विद्यालयमा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप पंखाहरू हस्तान्तरण गरेका हुन् ।
सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा कार्यालय, १६८ वटा एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।