site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्वप्रकाशले पाए सगरमाथा आरोहण अनुमति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा आरोहणको अनुमति पाएका छन् । गत वैशाख २१ मै आधार शिविरतर्फ लागेका शर्माले १० दिनपछि आरोहण अनुमति पाएका हुन् । 

पर्यटन विभागले बिहीबार शर्मालाई आरोहण अनुमति दिने निर्णय  गरेको हो । “नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय विश्वप्रकाश शर्माले पर्यटन विभागवाट सगरमाथा आरोहण अनुमतिपत्र प्राप्त गर्नुभएको छ,” पर्यटन विभागको सूचनामा भनिएको छ ।

शर्माका निकटस्थ दिनेश थापा मगरका अनुसार शर्मा यसअघि नै तेङबोचे आधार शिविरमा पुगेर आरोहणको पूर्वाभ्यास गरिरहेका छन् । आरोहण अनुमति पाएपछि उनले औपचारिक रूपमा गाइड पाउनेछन् र गाइडको निर्देशनबमोजिम उनी अभ्यासमा सहभागी हुनेछन् ।
 
“माथि जाने र तल झर्ने अभ्यास औपचारिक रूपमा आजैबाट सुरु भएको छ,” थापामगरले बाह्रखरीसँग भने, “गाइडको निर्देशन र स्वास्थ्यसहितका इन्डिकेटरबमोजिम गाइडकै अनुमतिमा उहाँले अब सगरमाथा आरोहण गर्नुहुनेछ ।”

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्