
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्धमा हुने कुनै पनि गतिविधि सह्य नहुने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले व्यवस्थाका विरुद्ध कुनै पनि गतिविधि नगर्न आग्रह पनि गरे ।
“नेपाली जनताले, हाम्रा पूर्वजले धेरै ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त गरेको र अहिलेको पुस्ताले अभूतपूर्व लगानी गरेर प्राप्त गरेको यो संविधान र संविधानले प्रदान, निश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरुद्धमा कुनै पनि खालको गतिविधि नगर्न अनुरोध गर्न चाहन्छु,” उनले भने ।
लेखकले थपे, “संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्धमा हुने कुनै पनि गतिविधि, क्रियाकलाप, सह्य हुने छैन ।” लेखकले चैत १५ गते भएको तीनकुने घटनाबारे अनुसन्धान भइरहेको बताए ।