site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सदनमा सांसदले खोजे सहिद दशरथ चन्द विश्वविद्यालय विधेयक

काठमाडौं । सदनमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको खोजी भएको छ । प्रतिनिधिसभाका सांसदहरूले विधेयक छिट्टै अघि बढाउन माग गरेका हुन् । नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले विधेयक कहाँ हरायो भनेर प्रश्न गरे ।

“विधेयक कहाँ हरायो ? हराएको हरायै हुने त होइन ? राष्ट्रियसभामा उत्पत्ति भएर समितिबाट पास भएर यहाँ दर्ता भएको थियो । केही दिनअघि कार्यसूचीमा पनि राखिएको थियो । त्यो हराएका कारण सुदूरपश्चिका जनता, सरोकारवाला चिन्तित छन्,” उनले भने ।

उनले विधेयकलाई महत्त्वपूर्ण कार्यसूचीमा राखेर छलफल गरी पारित गर्न माग गरे ।

सत्तारूढ नेकपा (एमाले)का सांसद तारालामा तामाङले पनि विधेयक छिट्टै प्रस्तुत गर्न माग गरे । “विधेयकलाई यसै सत्रको सदनमा यथाशीघ्र प्रस्तुत गर्न माग गर्दछु,” उनले भने ।  

गत हिउँदे अधिवेशनको अन्तिम दिन र वैशाख १५ गतेको सम्भावित कार्यसूचीमा विधेयक राखिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तय भएको थियो । सोही दिन पारित गर्ने प्रस्ताव राख्ने तय भएको थियो ।

तर, मन्त्री रघुजी पन्त शिक्षक आन्दोलनको वार्तामा व्यस्त भएकाले कार्यसूचीबाट हटाइएको थियो ।

विधेयक ०८० असोज २१ गते मा राष्ट्रियसभामा दर्ता भएको थियो । राष्ट्रियसभाले ०८० मा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro