site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशी चलचित्रमा १०० प्रतिशत शुल्क लगाउने ट्रम्पको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार ‘युद्ध’लाई चलचित्र क्षेत्रसम्म विस्तार गरेका छन् । आइतबार उनले आफ्नो सामाजिक सञ्जालमाध्यममा एक पोस्ट गर्दै बाहिरी देशमा निर्मित र आयातित सबै चलचित्रमा १०० प्रतिशत आयात कर लगाउन वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई निर्देशन दिएको घोषणा गरेको सीएनएनले जनाएको छ ।

उनले लेखेका छन्, “अमेरिकाको चलचित्र उद्योग धेरै छिटो विनाश हुँदै छ । अरू देशहरूले हाम्रा निर्माता र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजाने विभिन्न प्रलोभन दिँदै छन् । त्यसैले मैले वाणिज्य विभाग र व्यापार प्रतिनिधिलाई विदेशमा निर्मित सबै चलचित्रहरूमा १०० प्रतिशत शुल्क लगाउन तुरुन्तै प्रक्रिया सुरु गर्न आदेश दिएको छु । हामी फेरि अमेरिकामा बनेका चलचित्र चाहन्छौँ !”

तर, यस्तो शुल्क कसरी लागु गर्ने भन्ने स्पष्ट छैन । चलचित्र सामान नभएर बौद्धिक सम्पत्ति भएकाले यस्तो सेवामा हालसम्म शुल्कको व्यवस्था छैन ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले केही सेवामा गैरशुल्क व्यापार अवरोध लागु हुन सक्ने जनाएको छ । यसले अमेरिकी चलचित्र निर्माणलाई प्रतिकूल प्रभाव पार्न सक्ने पनि बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ११:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro