site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिका वा इजरायलले आक्रमण गरे प्रतिकार गर्ने इरानको चेतावनी

काठमाडौं । इरानले अमेरिका वा इजरायलले आक्रमण गरेमा इरानले प्रतिकार गर्ने चेतावनी दिएको छ । इरानी रक्षामन्त्री अजिज नासिरजादेले उनीहरूले आक्रमण गरेमा इरानले प्रतिकार गर्ने आइतबार चेतावनी दिएको रोयटर्सले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरान–समर्थित हुथी समूहले इजरायलको प्रमुख विमानस्थलनजिकै मिसाइल प्रहार गरेपछि प्रतिकार गर्ने घोषणा गरेको एक दिनपछि नासिरजादेको यस्तो प्रतिक्रिया आएको हो ।

“यदि, यो युद्ध अमेरिका वा इजरायलले सुरु गरेमा इरानले तिनीहरूको हितको स्थान र सेनालाई लक्ष्य बनाउनेछ,” नासिरजादेले इरानी राज्य टिभीसँग भने । 

इरानको आधिकारिक धारणा दोहोर्‍याउँदै नासिरजादेले हुथीहरू अरुको आदेश नभएर स्वविवेकले कार्य गर्ने समूह भएकाे बताएका छन् ।

नासिरजादेका अनुसार इरानसँग छिमेकी देशहरूप्रति कुनै शत्रुता नभएको तर आक्रमण भएमा अमेरिकी सुरक्षा अड्डाहरू इरानको आक्रमणको लक्ष्य बन्ने बताए ।

प्यालेस्टिनीहरूको समर्थन गर्दै यमनका इरान–समर्थित हुथीहरूले आइतबार इजरायलको बेन गुरियन विमानस्थलनजिकै मिसाइल प्रहार गरेका थिए । 

“हुथीहरूको शक्तिको स्रोत इरान हो । इजरायलले हाम्रो प्रमुख विमानस्थलमा गरिएको यस प्रहारको जवाफी कारबाही गर्नेछ । समय र स्थान तय गरेर उनीहरूमाथि प्रहार गर्नेछ,” नेतन्याहूले एक्समा लेखेका छन् । राेयटर्स

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro