site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रमेश लेखकबारे आधिकारिक धारणा बनाउन कांग्रेस पदाधिकारी बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।  बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्नेछ । 

बैठकमा गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकका विषयमा छलफल हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । “आजको बैठकले रमेश लेखकबारे पार्टीको आधिकारिक धारणा बनाउनेछ,” ती पदाधिकारीले बाह्रखरीसँग भने । 

Argakhachi Cement Island Ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक मोटो रकम घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको छ । 

उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग भइरहेको छ । कांग्रेसका केही नेताहरूले पनि लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । 

पूर्वपदाधिकारीसहतिको बैठकमा क्रियाशील सदस्यता नवीकरणका बारेमा पनि छलफल हुनेछ । महामन्त्री गगन थापाको संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति निर्माण भएको छ । 

यो समितिले असार मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न मातहत समितिहरूलाई यसअसघि नै निर्देशन दिएको छ ।

क्रियाशील सदस्यताबारे कांग्रेसमा २१ सय उजुरी परेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०७:३७
प्रतिक्रिया दिनुहोस्