अर्थ व्यवसाय
16138872681680584642.jpg)
काठमाडौं । नेपाली बजारमा आइतबार (वैशाख २१) सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार १०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२ ११:४६
प्रतिक्रिया दिनुहोस्